वीर स्वतन्त्रता सेनानी मास्टरदा सूर्य सेनको १३०औँ जन्मजयन्ती समारोह

e19a4fba-d5d3-4860-845e-06c97d180488

सिलगढी: आज वीर स्वतन्त्रता सेनानी मास्टरदा सूर्य सेनको १३०औं जन्मजयन्ती हो। यस अवसरमा सिलगढीका विभिन्न ठाउँमा उनको सम्मानमा कार्यक्रम आयोजना भइरहेका छन्। उनको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। यस अवसरमा सिलगढी नगरपालिकामा मास्टरदा सूर्य सेनको तस्बिरमा मेयर, उपमेयर र नगर निगमका पदाधिकारीहरूले पुष्पहार अर्पण गरे। सिलगढीको हिलकार्ट रोडमा रहेको महानन्द ब्रिज नजिकै रहेको मास्टरदा सूर्य सेनको शालिक अगाडि पनि कार्यक्रम आयोजना गरिएको थियो।

सो अवसरमा क्षेत्रको सरसफाई गरि पोस्टर ब्यानरले सजाइएको थियो। कार्यक्रममा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, नगर निगमका अध्यक्ष प्रतुल चक्रवर्तीलगायत उपस्थित थिए। मास्टरदाको मूर्तिमा माल्यार्पणसँगै सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गौतम देवले मास्टरदाको जीवनीबारे बताउनुभयो। देशभक्ति र देशका लागि बलिदान भनेको के हो, मास्टर्दाबाट सिक्नुपर्ने उनले बताए। उनी युवा समाजका लागि प्रेरणा हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *