कोलकाता: अयन सीलको घरमा छापामारी अवधि चकित पार्ने दस्तावेजहरू पाइएका छन्। केन्द्रिय एजेन्सी ईडीले अयनबाट मात्र सय करोडको नोकरी बेचिएको बताएको छ। केन्द्रिय एजेन्सीहरू अनुसार, दुईवटा प्राथमिक शिक्षक पात्रता परीक्षा (टेट) मा अयनले सय करोडको नोकरी बिक्री गरेका थिए। वर्ष २०१२ र २०१४ मा भएको प्राथमिक शिक्षक पात्रता परीक्षामा अयनले सय करोड रूपियाँ आर्जन गरेका थिए। यस मामिलाका पक्रा पर्ने तृणमूल नेता कुंतल घोषले पनि यस्तै दाबी गरेका छन्। शांतनु र अयन सील दुवै प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यको नजिकका व्यक्ति थिए। दुवैले मिलेर पैसा उठाएर माणिक भट्टाचार्यसम्म पुयाउने गर्थे। यस सम्बन्धमा आयनसँग लगातार ईडीले अयनसँग सोधपुछ गरिरहेको छ।