माणिकले डीएलएड कलेजहरूमा प्रवेशको निम्ति २१ करोड़ उठाएको आरोप

Manik-Bhattacharya.jpg

कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यको बारेमा प्रत्येक दिन नयाँ नयाँ जानकारी अधि आइरहेका छन्।
ईडी सूत्रहरू अनुसार, राज्यमा बीएड अनि डीएलएड कलेजहरूको संचालन उनके देखरेखमा हुने गर्थ्यो यी कलेजहरूमा प्रवेशको नाममा उनले २१ करोड रुपियाँ उठाएका थिए। महत्वपूर्ण कुरा के छ भने यी कलेजहरूमा जुन व्यक्तिहरूले प्रवेश पाउने गर्थे उनीहरूकै सूची शिक्षक नियुक्तिको निम्ति पठाइने गरिन्थ्यो। उनीहरूलाई नै पछि शिक्षक नियुक्त गरिन्थ्यो। यस कारण केन्द्रिय एजेन्सीले यस मामिलामा नयाँ प्रकारले जाँच शुरू गर्ने भएको छ। ईडी सूत्रहरूले अझ बताए अनुसार, अहिसम्म शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा ५६ करोडको सम्पत्ति जफत गरिएको छ जसमा आठ करोड रूपियाँ माणिक भट्टाचार्य र उनको परिवारको रहेको छ। एक दिन पहिला ईडीले कोर्टमा माणिक भट्टाचार्यकी पत्नी सतरूपा र छोरा शौविक धेरै पल्ट विदेश भ्रमणमा गएको र लगभग पाँच करोड रूपियाँ खर्च गरेको बताएको थियो।

About Author

Advertisement