नयाँ ट्राफिक आउटपोस्टको उद्घाटन

15-23-34-Capture1-9.png

सिलगढी। आज सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक एडीसीपी पूर्णिमा शेर्पाले नयाँ ट्राफिक आउटपोस्टको विधिवत रुपमा उद्घाटन गरिन्। कावाखाली एसियन हाईवे २ मा सडक दुर्घटना रोक्न तथा नजरदारी राख्ने उद्देश्यले सिलगढी मेट्रोपोलिटन पुलिसले ट्राफिक आउटपोस्ट बनाउने निर्णय लिएको थियो। यस अवसरमा एडीसीपी पूर्णिमा शेर्पाले भनिन्, उक्त नयाँ आउटपोस्ट सिमाना चटहाट मेडिकल मोडदेखि नौकाघाटसम्म रहनेछ। उक्त इलाकामा सडक दुर्घटना रोक्नको लागि अबदेखि प्रतिदिन वाहनहरूको स्पिड लगायत अन्य विविध विषयमा नजरदारी राखिइनेछ भने यहाँ ऱ्याम्बल स्ट्रिप बिछाइनेछ। यसको सहयोगमा सडक दुर्घटना धेरै नै कम्ती हुने तिनले आशा व्यक्त गरिन्

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement