वर्ल्ड बक्सिंग च्याम्पियनशीपः निकहत, नीतू, मनीषा र जेस्मिन क्वार्टर फाइनलमा

IMG-20230322-WA0129.jpg

२२ मार्चः भारतीय बक्सरहरूले नयाँ दिल्लीमा जारी महिला वर्ल्ड च्याम्पियनशीपमा असाधारण प्रदर्शनको क्रम जारी राखिन्, जसमा निकहत जरीन(५० किग्रा) बाहेक नीतू गंघास (४८ किग्रा), मनीषा मौन (५७ किग्रा) र जेस्मिन (६० किग्रा)-ले जीतको साथ क्वार्टर फाइनलमा स्थान पक्का गरिन्। निकहतले मेक्सिकोकी पेट्रिसिया अल्वारेज हरेरालाई ५-०-ले पराजित गरी च्याम्पियनशीपमा लगातार तेस्रो जीत दर्ता गरिन्। नीतू र मनीषाले आरएससी (रेफरीद्वारा लड़ाइँ रोकिँदा) नियमद्वारा जीत हासिल गरिन्। राष्ट्रमण्डल खेलहरूकी च्याम्पियन नीतूले ताजिकिस्तानकी सुमैया कोसिमोवालाई पहिलो राउण्डमै पराजित गरिन् जबकि गत वर्ष काँस्य पदक जित्ने मनीषाले तुर्कीकी नूर एलिफ तुरहानलाई पराजित गरिन्।

जेस्मिनले पहिलो राउण्डमा पछाड़िएपछि असाधारण पुनरागमन गर्दै ताजिकिस्तानकी मिजगोना सामडोवालाई परास्त गरिन्। शशि चोपड़ा (६३ किग्रा) चाहिँ जापानकी मेइ कितो विरुद्ध ०-४-ले पराजयको साथ बाहिर भइन्। च्याम्पियनशीपमा नीतूले दोस्रो लड़ाइँ आरएससी-को माध्यमले जितिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *