कोविड़ भारत: कोरोनाको १,१३४ नयाँ मामिला, ५ जनाकाे मृत्यु

IMG-20230322-WA0137.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,१३४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,९८,११८ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले छत्तीसगढ़, दिल्ली गुजरात, महाराष्ट्र र केरल मा १ जना गरी कुल ५ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८१३ पुगेको छ। यसरी नै यस अवधिमा ६६२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,६०,२७९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७९% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ७,०२६ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.०९ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ०.९८ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०३,८३१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०४,४९,६८५ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,६७३ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६५,२१,१८० जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *