मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत मन्त्रीहरूले गरे थर्पा मनिलाखा गुम्बामा पूजा-अर्चना

IMG-20230321-WA0260.jpg

गान्तोक: ताथाङचेनस्थित थर्पा मनिलाखा गुम्बामा गत १७ मार्चदेखि शुरू भएको तेस्रो डेञ्जोङ दिछेन सिङ्द्रप मोनलम छेन्मो पूजाको आज समापन भयो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, मन्त्री सोनम लामा, मन्त्री केएन लेप्चा र मन्त्री कर्मा लोडे भोटियाले पूजा अर्चना गरे। आयोजक समितिले जानकारी गराए अनुसार वर्ष २०१९ देखि यस गुम्बामा पूजा आयोजना गरिएको हो।

तर गत दुई वर्ष कोरोनाकालको कारणले पूजा आयोजना गर्न नसकेको बताएको छ। यस वर्ष अन्य वर्षको तुलनमा छुट्टै प्रकारले पूजा आयोजना गरिएको जानकारी गराएको छ। यस वर्ष ४० फुट अग्लो राप्ने थाङका स्थापित गरिएको छ। उल्लेखीय छ, पहिलो दिनको पूजामा फुदुङ गुम्बाका रिम्पोछे खोचेनले पूजा पाठ गरेका थिए भने दोस्रो दिन लिङदोङ गुम्बाका रिम्पोछे जुर्माङ घारवाङले पूजा पाठ गरे। सोही प्रकारले तेस्रो दिन इञ्चे गुम्बाका रिम्पोछे पेमा कुन्डालले पूजा पाठ गरेको जानकारी गराए। काब्जी धोद्रुप रिम्पोछेको स्मरणमा यस गुम्बामा पूजा आयोजना गरिएको हो भने यसको पहल रिम्पोछे रोङनेकले गरेको हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *