मुख्यमन्त्री ममता बेनर्जी तीन दिवसीय यात्रामा ओडिशा प्रस्थान

Screenshot_20230321_230511_YouTube.jpg

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी तीन दिवसीय यात्रामा ओडिशा प्रस्थान गरिन।कोलकाता हवाई अड्डाबाट उनले भुवनेश्वरको निम्ति उड़ान भरिन्।
तिनी आज भुवनेश्वरमै विश्राम गर्नेछिन् भने भोली बुधवार पुरीको जगन्नाथ मन्दिरमा पूजा गर्नेछिन्। आफ्नो मन्दिर यात्रामा त्यहाँ वरिपरिका क्षेत्रमा राज्य सरकारको गेस्ट हाउसको निम्ति जमीन चिन्हित गर्नेछिन्। यसको निम्ति उनको साथ लोक निर्माण विभागका अधिकारी पनि गएका छन्। बिहीवार उनले ओडिशाका मुख्यमन्त्री नवीन पटनायकको साथ भेट गर्नेछिन्। भुवनेश्वर स्थित पटनायकको आवासमा दुवैको भेट हुनु तय छ। २०२४ को लोकसभा चुनाउ अघि ममता र नवीनको यो भेट धेरै नै महत्वपूर्ण मानिन्दैछ ।यद्यपि, मुख्यमन्त्रीको रूपमा ममताको ओडिशा यात्रा भएकोले पटनायकसित उनको भेट केवल एक शिष्टाचार भेट हो भनी बताइँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *