नयाँ सड़क निर्माणार्थ हेतु भूमिपूजन गरे मन्त्री शर्माले

IMG-20230322-WA0000.jpg

गेजिङ: आज गेजिङ-बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत बर्फीक चन्दाबुङ ग्राम पञ्चायतको मिग्पोड वार्डको ट्याङकी डाँडागाउँ परिसरदेखि समथाङ भेगसम्म पुग्ने नयाँ सडक निर्माणको भूमिपुजन क्षेत्र विधायक लोकनाथ शर्माले गरे। यस अवसरमा जिल्ला ग्राम पञ्चायत एवं स्थानीय नागरिकहरूको विशेष उपस्थिति रहेको थियो। भूमिपूजन पछि पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री तथा क्षेत्र विधायक लोकनाथ शर्माले यस मिग्योङ चिन्थाङ गाउँलाई पूर्व सरकारले केवल भोट व्याकको रूपमा मात्र प्रयोग आरोप लगाए। तर वर्तमान सरकारले बिना पक्षपात पछौटे गाउँको विकास निरन्तर गरिरहेको मन्त्रीले दावी गरे। आजदेखि नयाँ सड़क निर्माण शुरूवात भएको छ भने अब अर्को सडक पनि यथाशीघ्र शुरू गरिने उनले वचन दिए। मिग्योड वार्डमा सामुदायिक भवन निर्माण भइरहेको अनि ग्राम पञ्चायत टाडा रहेको कारण स्थानीय जनताले समस्या भोग्नु परिरहेको पनि उनले उल्लेख गरे तर वर्तमान सरकारले स्थानीयहरूको समस्यालाई ध्यानमा राखेर पूर्वधारको विकास गरिरहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *