आधार अनुगमन समितिको जिल्लास्तरीय बैठक सम्पन्न

IMG-20230321-WA0263.jpg

गान्तोक: पाकिम जिल्ला-स्तरीय आधार अनुगमन समितिको बैठक आज पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा सम्पन्न भयो। यस बैठकमा पुलिस अधिक्षगक कर्मा ग्याम्छो लगायत विभिन्न विभागका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। बैठकमा विशेष गरेर आधार कार्ड नामाङकन र यसको अपडेटबारेमा छलफल गरियो। उक्त बैठकमा आधार कार्ड नामाङकन र अपडेटलाई लिएर स्थानीयहरूले भोग्न परिरहेको विषयबारे चर्चा परिचर्चा गरियो। आधार कार्डबारे देखिएको समस्या समाधान हेतु सम्वन्धित अधिकारीवर्गले संकल्प लिएर सेवा पुऱ्याउनु साथै ग्रामीण क्षेत्रमा आधार कार्ड नामाङकनको आवश्यकतामाथि जानकारी गराइयो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल टाशी छोपेलले सबै विभागका अधिकारीहरूलाई आधार कार्ड नामाङकन साथै अपडेटको निम्ति प्रभावी ढङ्गले काम गर्नमा सहयोग पुऱ्याउनु पर्ने आग्रह गरे। यस अवसरमा समितिले दश वर्षअघि आधार कार्डमा नामाङकन दर्ता गरिसकेका बासिन्दाहरूको कागज पत्रको अवस्था जाँच गर्नमा राज्य सरकारको भूमिकाबारे अवगत गराए। समितिले समितिले हालसम्म आधार कार्डमा नाम दर्ता नभएका सबै विद्यार्थी र ०–६ वर्ष उमेर समूहका अस्पतालमा जन्मिएका बालबालिकाहरूको नाम आधार कार्डमा दर्ता गराउनु पर्ने विषयमा जोड दिएको छ। कुनै पनि कल्याणकारी योजनाको लाभ लिनको लागि आधार अनिवार्य रहेको कल्याण विभागले निर्णय लिएको अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *