बोल्न नसक्ने र सुन्न नसक्ने नानीहरूको उपचारको लागि एक्जिबिसनको आयोजना गरिने

223c149d-eea0-4ba9-b371-cc5139605de7-1024x461.jpg

सिलगढी: २२ र २३ मार्चमा मतिगढामा इनरव्हिल क्लब अफ सिलगढी उत्तरायणको पहलमा बोल्न नसक्ने र सुन्न नसक्ने नानीहरूको उपचारको लागि पाँचौँ फेसन एन्ड लाइफस्टाइल एक्जिबिसनको आयोजना गर्ने भएको छ। व्यवसायीहरूले कोलकाता, कश्मिर, दिल्ली, मुम्बई, लखनऊ लगायत विभिन्न राज्यहरूबाट समान ल्याएर यस एक्जिबिसनमा अंश ग्रहण गर्नेछन्। आज सिलगढी जर्नलिस्ट्स क्लबमा इनर व्हिल क्लब अफ सिलगढी उत्तरायणकी अध्यक्ष पुजा अग्रवाल, सचिव श्वेता अग्रवाल लगायत अन्य सदस्यहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराइन्। तिनीहरूले बताए अनुसार उक्त संस्थाले सिलगढी लगायत यसको छेउछाउको विभिन्न इलाकाहरूमा समाज सेवाको कार्य गर्दै आइरहेको छ। उक्त एक्जिबिसनमा भएको लाभ मानिसहरूको सेवामा खर्च गर्दै आइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *