साकाल देवान हाम्रो पार्टीको लेबोङ बदमताम समष्टिको संयोजक चयन

IMG-20230321-WA0216.jpg

दार्जीलिङ: साकाल देवान हाम्रो पार्टीको लेबोङ बदमताम समष्टिको संयोजक चयन भएका छन्। शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। उक्त सभामा पार्टीको केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा लेबोङ बदमताम समष्टिमा हाम्रो पार्टीको सांगठनिक विस्तारलाई तीव्र रूप दिने विषयमाथि गहन चर्चा परिचर्चा भयो। लेबोङ बदमताम समष्टिको हाम्रो पार्टी संयोजक साकाल देवानले आजको बैठकमा समष्टिमा संगठनलाई दह्रिलो बनाउने, आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनावमा कस्तो प्रकारले जाने आदि जस्ता विषयहरूमा गहन चर्चा परिचर्चा भएको देवानले बताए। उनले अघि भने, ‘हामी राजनीतिद्वारा जाति र क्षेत्रको उत्थान गर्ने कार्यकर्ता एंव नेतृत्वहरू जन्माउने दिशामा काम गर्नेछौं।आजसम्म पहाडमा राजनीतिद्वारा जाति र क्षेत्रको उत्थान गर्ने नेतृत्वहरूको जन्म हुन सकेको छैन। केवल राजनीति दलाली गर्नेहरू मात्र जन्मेको हो।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *