फोहोर मैलाहरू फ्याँक्ने डम्पिङ ग्राउण्डको नगरपालिकाद्वारा सर सफाई साथै आगो निभाउने कार्य सम्पन्न

IMG-20230321-WA0243.jpg

खरसाङ: खरसाङ नगरपालिकाद्वारा आज खरसाङ नगरपालिकाको मैला फ्याँक्ने ठाउँ डाँढ़ गाउँदेखि केही तल सुन्तलेमा अवस्थित डम्पिङ ग्राउण्ड सफा गर्ने कार्य सम्पन्न गरियो। विशेष गरी खरसाङ नगरपालिका क्षेत्रका मैलाहरू फ्याँक्ने त्यस डम्पिङ ग्राउण्डमा फ्याँकिएका प्लास्टिकहरू जलेर धुवाँ निस्किएकोले तथा अन्य मैला कुचैलाहरुको दुर्गन्धले क्षेत्रवासीलाई धेरै समस्या भइरहेको गुनासो अनि हिज मात्रै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति खरसाङ महकुमा समिति अनि टाउन कमिटीको एक प्रतिनिधि टोलीले खरसाङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षसँग भेट गरेर खरसाङ नगरपालिका क्षेत्रमा थुप्रिन थालेका मैला-कुचैलाहरूलाई अतिशीघ्र उठाइ दिने आग्रह गरेको फलस्वरुप डम्पिङ ग्राउण्डमा थुप्रिएका मैलाहरूलाई एक ठाउँमा व्यवस्थित गर्ने अनि ठाउँ खाली गर्न नगरपालिकाद्वारा स्काइभेटर लगाएर सफा गर्ने कार्य गरियो। यस सन्दर्भमा नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ अनि उपाध्यक्ष सुवास प्रधानले जानकारी दिँदै यस डम्पिङ ग्राउण्डबाट निस्किएको धुवाँ अनि दुर्गन्धले क्षेत्रवासीलाई धेरै असुविधा भइरहेको तथा पर्यावरणलाई पनि यस नकारात्मक प्रभाव पारेको जनाउँदै यसै विषयलाई लिएर आज केही हदसम्म रोकथाम गर्न अनि सर सफाई गर्न यहाँ आएको जनाए। उनीहरूले यस डम्पिङ ग्राउण्डको समस्या समाधान गर्न र थुप्रिएका मैलाहरूको उचित व्यवस्थापन गर्न खरसाङ नगरपालिकाले धेरै प्रयास गरेको जनाउँदै अब चाँड़ै नै यसको पनि कार्य थालिने जनाए। अध्यक्ष अनि उपाध्यक्षले यहाँ विशेषगरी प्लास्टिकको समस्याबाट यति धेरै समस्या उत्पन्न भएको देखिएको जनाउँदै यसलाई लिएर अब नगरपालिकाले प्लास्टिक प्रयोगमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको जनाउँदै यस दिशामा सबै नगरवासी तथा प्रशासन अनि गैर सरकारी संघ-संस्थाहरूले पनि सहयोग गरिदिने आग्रह गरे। यता क्षेत्रवासीको पक्षबाट सन्तोष परीले डम्पिङ ग्राउण्डबाट निस्किएको धुवाँ र दुर्गन्धले क्षेत्रवासीलाई धेरै समस्या भइरहेको जनाए। तिनले यसको उचित व्यवस्था गर्नको निम्ति सबै पक्षबाट अतिशीघ्र पहल गरिदिने आग्रह गर्ने।

युवा शक्ति, खरसाङ महकुमा सभापति पेबेन्द्र गुरूङले खरसाङ नगरपालिका क्षेत्रमा थुप्रिन लागेका मैलाहरू अनि यसले जनसाधरणलाई पारिरहेको असुविधालाई लिएर तिनीहरूले सोमवार खरसाङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षलाई एउटा ज्ञापन सुम्पिएको लगत्तै आज नगरपालिकाका अध्यक्ष अनि उपाध्यक्ष स्वयं यहाँ आएर स्थितिको जानकारी लिँदै सफा गर्ने औ अन्य मैलाहरू फ्याक्ने ठाउँ बनाइदिएकोमा युवा शक्तिको तर्फबाट आभार प्रकट गरे औ आज युवा शक्तिको टोली पनि उनीहरूलाई सहयोग गर्न यहाँ आएको जनाए। उता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट पनि खरसाङवासीको हित र सुरक्षाको निम्ति नगरपालिकाले उठाएको कार्यको प्रशंसा गर्दै बिरबल पाख्रीङले आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *