आज कोरोनाको २३० नयाँ मामिला, ५८ जना भए कोरोनामुक्त , १ जनाको मृत्यु
कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २३० नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ५८ जना कोरोनामुक्त पनि भएको छन्।
हालसम्म बङ्गालमा २०,२०,७७४ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९८,५३० जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०७ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ७,७८४ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,४२४,१८४ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९०℅ र सकारात्मक दर २.९५℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,०१३,२२६ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।