भाजपाले केन्द्र सरकारद्वारा पहाड़को निम्ति प्रदान गरेका विभिन्न परियोजनाका कार्यहरूको हिसाब-किताब खोज्ने

IMG-20230321-WA0241.jpg

खरसाङ: भारतीय जनता पार्टी (भाजपा) ले अब केन्द्र सरकारद्वारा दार्जीलिङ पहाड़को निम्ति प्रदान गरेका विभिन्न परियोजनाका कार्यहरूको हिसाब-किताब खोज्ने भएको छ। कालेबुङका विधायक रुदेन सादा लेप्चाद्वारा दार्जीलिङका सासंद राजु विष्टमाथि लगाइएका विभिन्न आरोपहरूको खण्डन गर्न अनि केन्द्र सरकारद्वारा दार्जीलिङ पहाड़को हितको निम्ति गरिएका कार्यहरूबारे अवगत गराउन आज भाजपा खरसाङ मण्डलद्वारा यहाँको पार्टी कार्यालयमा एक पत्रकार भेलाको आयोजना गरेको थियो। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीको दार्जीलिङ जिल्ला कमिटीका सचिव सोनाम लामाले रूदेन सादा लेप्चा एकजना विधायक जस्तो गरिमामय अनि जिम्मेवारी पदमा बसेमा व्यक्तिले त्यस्तो गैरजिम्मेवारीपूर्ण वक्तव्य दिन नसुहाउने बताए। तिनले विधयक लेप्चाले आफूलाई ज्ञाननै नभएको विषयहरूमाथि वक्तव्य दिइरहेको जनाउँदै दार्जीलिङका सांसद राजु विष्टकै माध्यमद्वारा आफ्नो संसदीय क्षेत्रको निम्ति धेरै कार्य भएको जनाए। लामाले केन्द्र सरकारद्वारा पहाड़को निम्ति कुनै पनि विकासको कार्य भएको छैन भन्नेहरूले राज्य सरकारबाट के कति विकासका कार्यहरू भए त्यो पनि बताउनु पर्छ भन्दै केन्द्र सरकारद्वारा प्रदत्त विकासका कार्यहरू गरेर राजनीति गर्नेहरूले अब आफुले ल्याएको काम पनि देखाउनु पर्छ भनी बताए। तिनले केन्द्रद्वारा प्रदान गरिएको विकासका कार्यहरूमा व्यापक भ्रष्ट्र्चार भएको अवगत गराउँदै अब भाजपाले यसको खोजी गर्ने लामाले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *