भागोप्रमो टोलीद्वारा वार्ड नम्बर २९ मा हाउस फर् अलको निरीक्षण

IMG-20230321-WA0237.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रीटिक मोर्चाका अध्यक्ष तथा जीटीएका मुख्य कार्यपाल अनित थापाले नगरपालिकाद्वारा सरकारी आवासीय योजना हाउस फर् अलको घर बनाउनमा भईरहेको समस्यालाई निरीक्षण गरेर रिपोर्ट बुझाउन भनी निर्देश दिएका थिए। यसै आदेशलाई शिरोपर राख्दै भागोप्रमो खरसाङ टाउन कमिटीले अध्यक्ष अनित थापा अनि पार्टीको निर्देशनमा धारावाहिक रूपमा निरीक्षणको कार्य गरिरहेका छन्। आज मंगलवारको दिन टाउन कमिटीको टिमले वार्ड नम्बर २० काे लोवर नयाँ बस्ती पाखामा हाउस फर् अलकाे घरको निरीक्षण गरेका छन्। पार्टी अध्यक्ष अनित थापाको विचार जनसाधारणसम्म पुराउनको साथै रिपोर्ट बनाउने कार्य वार्डका नारी शक्तिका नेतृत्व तथा युवा शक्तिका नेतृत्वहरुको विशेष सहयोगमा तीब्रताकाे साथमा गरिरहेको जानकारी टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय रावतले दिएका छन्।

आजकाे रिपोर्ट बनाउने धारावाहिक कार्यक्रममा खरसाङ टाउन कमिटीका उपाध्यक्ष संदिप बल, सह सचिव बीरबल पाख्रिन, कार्यकारीणी सदस्य विकाश तामाङ्ग, संतोष पहरी, राजेन प्रधान साथै खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्ष सबिता कार्की, मूल सचिव दिपा छेत्री तथा कार्यकारीणी सदस्या नितु गुरुङ उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *