कालचिनीः चीफ वाइल्डलाइफ वार्डनले दिएको अधिसूचना अनुसार अबउसे प्रत्येक मंगलाबार बक्सा जंगल बन्द रहने र त्यस दिन कुनै पनि पर्यटक औ जंगल सफारी बन्द रहने छ। देशको अन्य राष्ट्रिय अभरान्य एवम् राज्यको अन्य वाइल्डलाइफ सेङ्कचुअरी बन्द रहने र वन्यजीवको प्राक्रतिक अवस्थानलाई यसले राम्रो हुने भएकोले यो अधिसूचना जारी गरीएको बक्सा ब्याघ्र प्रकल्पका अधिकारीक सुत्रले जनाएका छन्। मंगलाबारको दिन कुनै पनि पर्यटक एवम् जंगल सफारी अब बन्द रहने भएकोले यसलाई बक्सा ब्याघ्र प्रकल्पले कठोर रुपले पालन गर्ने विज्ञप्तिमा बताईएको छ।