कालचिनीः अलिपुरद्वार जिल्लाको प्रायः ६६ वटा ग्राम पञ्चायत क्षेत्रमा राज्य सरकारको निर्देश अनुसार दिदिको दुत भएर वन डे इन अञ्चल अर्थात ओडीए अभियान तृणमूलले चलाईरहेको क्रममा मंगलबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक कालचिनी खण्डको साताली अञ्चलको भ्रमणमा आईपुगे। यस क्रममा प्रकास चीक बढ़ाईकसित तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत साताली अञ्चल सभापति औ नेतृत्वहरूको उपस्थिति रहेको थियो। साताली अञ्चल अन्तर्गत हाँसीमारा, मलंगी, साताली बस्ती औ संलग्न क्षेत्रहरूमा भ्रमणको क्रममा स्थानीय बासिन्दाहरूको गुनासो सुन्दै औ समस्या समाधानको निम्ति कामहरू गर्दै आईरहेको तृणमूल नेताहरूले जनाएका छन्।
अञ्चल भ्रमणमा आईपुगेका तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले अलिपुरद्वार जिल्लाको प्रायः ६४ भन्दा अधिक ग्राम पञ्चायत क्षेत्रमध्ये ४४ वटा ग्राम पञ्चायत औ अञ्चलहरुको भ्रमण गर्ने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले भएको कामको रिपोर्ट जनता समक्ष राख्दै आईरहेको र जहाँ असुविधा छ त्यसको समाधान गर्दै आईरहेको बताउँदै यहाँको निर्वाचित सांसद र विधायकहरुले केही काम नगरेको जनताको भोट पाएर मन्त्रीसम्म बन्न पुगेको सांसदले आजसम्म कुनै क्षेत्रको भ्रमण त परै जाओस मानिसहरुको दुख सुन्न पनि सांसद नपुगेको र केवल मीडियामा ठूला ठूला कुरा मात्र गर्न जानेको कटाक्ष गरेका छन्।