निखोज शिवरथ उर्फ टुरु खड़िया भेटियो

IMG_20230321_193442.jpg

कालचिनीः गत १२ मार्चको दिन अचानक निखोज बनेको मेचपाड़ा ८ नम्बर निवासी ६५ बर्षीय शिवरथ उर्फ टुरु खड़ियालाई अन्ततः बीरपाड़ा संलग्न दलगाउँ बस्तीबाट भोटाईएको छ। दलगाउँका आदिवासी समाजसेवी अमर उराँवको मदतमा अन्ततः १० दिनको अन्तरालमा शिवरथ उर्फ टुरु खड़ियालाई मंगलबार घरमा फर्काई ल्याउन परिवार सदस्यहरू सफल भयो।
रहश्यमय‌ ढङ्गमा हठात निखोज हुन पुगेको शिवरथ खड़ियालाई सप्ताह दिनदेखि खोजी गर्दा पनि नभेटाईन्दा परिवार सदस्यहरू निराश बनेको थियो तर दलगाउँ बस्तीमा मानसिक सन्तुलन हराएर भौतारिन्दै हिँड़ेको देखेर त्यहाँका गाउँलेहरूले अन्ततः यसको खबर दिँदा मंगलाबार तिनलाई घर ल्याई पुऱ्याए।
परिवारका नाति आर्यन खड़िया र आदिवासी समाजसेवी राजु लोहारले हराएर आशा मारेको परिवारले अन्ततः निखोज शिवरथ उर्फ टुरु खड़ियालाई भोटाउँदा सबै ढुक्क भएको जनाएका छन्। तर यत्रो दिन शायद पैदल अनि भोकभोकै भोतारिएर हिँडेकोले शिवरथ उर्फ टुरु खड़ियाको शारीरिक अनि मानसिक स्थिति ठीक नभएको परिवार सदस्यहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement