राजगञज : टिस्टा लिङ्क क्यानलको बाँध भत्केपछि उक्त क्यानलको पानी गाउँमा पस्यो। यसले गर्दा हिजो साँझ फुलबारी २ नम्बर ग्राम पञ्चायत अन्तर्गत जोटियाकाली छाठ प्रधान इलाका केही समयको लागि जलमग्न भएको बताइएको छ। स्थानीय मानिसहरूले हिजो साँझ अचानक तीव्र आवाज सुनेपछि घर बाहिर निस्केर हेर्दा लिङ्क क्यानलको बाँध भत्केको देखे। हेर्दा हेर्दै उक्त क्यानलको पानी घरमा पस्न थाल्यो। यस सम्बन्धमा फुलबारी २ नम्बर ग्राम पञ्चायत प्रधान दिलीप रायले भने, हिजो साँझ लिङ्क क्यानल भत्केपछि त्यहाँको पानी गाउँमा पसेको कुरा थाहा पाए। सिँचाई क्यानलको गेट बन्द गरेर पानी बन्द गरियो। यसबारे सिँचाई विभागलाई सूचना दिइसकेकोले सिँचाई विभागले मामिलाको जाँच गर्नेछ।