विराट कोहलीलाई टी२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिने परामर्श दिए शोएब अख्तरले

IMG-20230321-WA0229.jpg

२१ मार्चः भारतका दिग्गज ब्याटर विराट कोहलीले क्रिकेटको तीनैवटा प्रारूपमा खराब लयबाट मुक्त पाइसकेका छन्। कोहलीले गत वर्ष नै टी२०आई र वनडे-मा शतक बनाएर सीमित ओभरहरूका प्रारूपमा लय हासिल गरेका थिए। त्यसपछि उनले अष्ट्रेलिया विरुद्ध सीरीजको चौथो टेस्टमा शतकको साथ खेलको सबैभन्दा लामो प्रारूपमा पनि लय हासिल गरे। लय हासिल गरे पनि कोहलीको ब्याटबाट निरन्तर रन चाहिँ निस्किन सकेको छैन। उनी अष्ट्रेलिया विरुद्ध पहिलो दुईवटा वनडे म्याचमा ४ र ३१ रन बनाएर आउट भए। कोहलीको यस प्रदर्शनबीच यसपाली पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले ठूलो बयान दिएका छन्। अख्तरको भनाइअनुसार, कोहलीले टेस्ट र वनडे-मा फोकस गर्दै टी२० क्रिकेटबाट सन्न्यास लिनु पर्नेछ। उल्लेखनीय छ, कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ७५ वटा शतक पूरा गरिसकेका छन्। शोएबले बताएअनुसार, महान सचिन तेन्दुलकरको १०० वटा अन्तर्राष्ट्रिय शतकको रेकर्ड तोड़्न कोहलीले आफ्नो शरीरमाथि विशेष ध्यान राख्नु पर्नेछ। टी२० क्रिकेटमा अधिक ऊर्जा लाग्ने हुनाले कोहलीले त्यस प्रारूपमा खेल्न छोड़्नु पर्नेछ। उनले भने, मेरो विचारमा कोहलीले टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु बन्द गर्नु पर्नेछ। यस्तो गरे उनले वनडे र टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्न सक्नेछन्। टी२० क्रिकेटमा उनको धेरै ऊर्जा बर्बाद भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अझ केही साल सक्रिय रहने कोहलीले यस्तो गर्न सक्छन्। यसले उनलाई नै फाइदा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *