नेताहरूका आश्वासनपछि लोवर बढ़ा सिटोङमा रोड नबनिएपछि समाजसेवीद्वारा बाटो निर्माण

CollageMaker_2023321182959864.jpg

कहिलेसम्म समाजसेवी र संघ संस्थाहरूका भरमा बस्नु पर्ने जनताको प्रश्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको लोवर बढ़ा सिटोङका जनताहरू अझैं पनि रोड निर्माणको पर्खाईमा रहेका छन्। अहिले पनि रोड नबनिएपछि क्षेत्रकै एकजना समाजसेवीले आफ्नो निजी खर्चमा बाटो बनाई दिएका छन्।
यसै सिलसिलामा लोवर बढ़ा सिटोङकै समाजसेवी पीबी मल्लले आफ्नो निजी खर्चमा उक्त बाटो अत्यन्तै नाजुक भएकोले जेसीबी लगाएर लगभग आधा किलोमिटर गाडी कुद्न योग्यको बाटो बनाएका छन्। आफ्नै खर्चमा रोड निर्माण गरेपछि समाजसेवी पीबी मल्लले यो रोड निर्माणको लागि धेरैपल्ट विभागीय रूपमा मांग गरेपनि अहिलेसम्म पूरा नभएको अनि ईञ्जिनियर्सहरू आएर नापजोख गरेर पनि बाटो बनिएन भनी बताए। उनले विगतको नेताहरूको आशवासन पुरा नभएपनि वर्तमान जीटीए चिफ् अनित थापाको कार्यकालमै यो बाटो बनिन्छ भन्ने आशासहित फिलहालको लागि बिमारीहरू, विद्यार्थी नानीहरू र जनताको लागि केही खर्च गरेर यो रोड खन्ने कार्य सम्पन्न गरिएको बताएका छन्। अर्कोतिर सिटोङ तीन ग्राम पञ्चायतको लोवर बढ़ा सिटोङका जनताहरू कहिलेसम्म समाजसेवी र संघ-संस्थाहरूको भरमा बस्नु पर्ने? यहाँ कहिले बनिने अलकत्रे बाटो? भनी लोवर बढ़ा सिटोङका जनताहरूका पक्षमा स्थानीय सुशिल मुखियाले बताएका छन्। उनले अब
पञ्चायत चुनाउ नजिकिन्दै छ अनि २०२४ को चुनाउ आउन पनि आउन लागेको छ भन्दै के अब उक्त चुनावहरूमा पनि आश्वसान नै बाढ्न आउने हुन् नेताहरू भनी प्रश्न गरेका छन्।
यहाँ कतिजनाले वर्षा सकिने साथ बाटो बनाई दिने आश्वासन दिएका थिए तर अर्को बर्खा लाग्नै लाग्यो तर खोई रोड भनी लोवर बढ़ा सिटोङका भुक्तभोगाी जनसाधरणको पक्षमा सुशिल मुखियाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement