सिलगढी: दुइजना युवकलाई स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर आग्नेयास्त्र सहित पक्राउ गरेको छ। पुलिस द्वारा पक्राउ परेकाहरू कालियाचक निवासी समीउल शेख (२१) र एमडी समीरुल इस्लाम (१९) सामेल छन्। समीउल शेख र समीरुल इस्लाम हिजो जक्शनमा एउटा अटोमा आग्नेयास्त्र लिएर घुमिरहेको एसओजीले गोप्य सुइँको पाए। यसपछि एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर दुवै पक्राउ गरेर छानबीन गर्दा एउटा आग्नेयास्त्र र दुइवटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। पक्रा परेका दुईजना युवकलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएर ती दुईजना युवकले आग्नेयास्त्र लिएर कालियाचकबाट सिलगढी किन आएको हो भन्ने विषयमा छानबीन गर्ने पुलिस सूत्रले जनाएको छ।