हामीसंग अझै धेरै सभासद अनि पार्षदहरु जोडिएर आउनेछन्: अनित थापा
दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर १० का वार्ड पार्षदिका सुधा लामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पार्षद लामा हाम्रो पार्टीका सदस्य थिए। आज दार्जीलिङको जज बजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित सामेल कार्यक्रममा सुधा लामा पार्टीमा सामेल भएका छन्। उनलाई पार्टी अध्यक्ष अनित थापाले खादार्पण गरी पार्टीमा स्वागत जनाएका छन्। पार्टी अध्यक्ष अनित थापाले लामालाई स्वागत गर्दै भने, “बीजीपीएमको सोच, विचार अनि काम गर्ने तरिकालाई मन पराएर हामीसंग दार्जीलिङ नगरपालिकाको पार्षदिका दिदी सुधा हामीसंग जोडिनु भएको छ। उहाँको सुरक्षा अनि उनलाई मार्गदर्शन गर्ने जिम्मेवारी पार्टीका नेतृत्वहरुको बन्छ। बीजी टपीएम परिवार कसरी काम गर्छ अनि यहाँ कतिको स्वतन्त्रता छ नयाँ आउनु हुने सबैले विस्तारै बुझ्नुहुनेछ।”
थापाले वर्तमान बोर्डको कामको प्रशंसा गर्दै भने, “हिजोको दार्जीलिङ नगरपालिकाको बोर्डले भन्दा आजको बोर्डले धेरै राम्रो काम गरिरहेको छ। नयाँ बोर्डले एउटा टीम भएर दार्जीलिङको सफाई, विकाशको निम्ति जुन प्रकारले काम गरिरहेको छ त्यो सराहनीय छ। सरकारबाट नयाँ फण्ड पनि ल्याईरहेका छन्। विपक्षीले कहिलेकाहीँ उनीहरुलाई बाधा दिनु खोज्छन् तर सकेको छैन उहाँहरूको हौसला तोड्न।”
उनले खुल्ला रूपमा घोषणा गरे, “म अझ पनि भन्छु, हामीसंग अझैं धेरै सभासद अनि पार्षदहरु जोडिएर आउनेछन्। जीटीए अनि नगरपालिकाको परिवार झन ठूलो भएर जानेछ। हामी सबैलाई जिम्मेवारी दिएर अघि बढ्नेछौं। क्षमता हुँदा पनि आफ्नो वार्डको निम्ति उहाँहरूले काम गर्नु पाउनु भएन। काम गर्ने इच्छा र शक्तिलाई प्रयोग गर्ने जिम्मेवारी बोर्डको हो।”
पार्टीका केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले सामेल विषयमा भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सकारात्मक सोच अनि समावेशी राजनीति गर्ने पार्टी हो। हाम्रो सोच अनि कार्यलाई मन पराउने केवल राजनीतिज्ञ छैनन् तर साहित्यकार, कलाकार, खेलाडीदेखि लिएर विपक्षका सभासद अनि पार्षदहरु पनि छन्। त्यसैले आज हाम्रो पार्टीका नगर पार्षदिका सुधा लामा हामीसंग जोडिनु आईपुग्नु भयो।”

केही समय अघि हाम्रो पार्टीले भागोप्रमोको नगरबोर्डलाई ढाल्न चलेको षड्यन्त्र आजको सामेलले भताभुङ्ग पारेको पार्टी श्रोत बताउँछन्।
दार्जीलिङ नगरपालिकाको बोर्डमा आजको सामेल पश्चात भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि गठबन्धनको पार्षद संख्या बढेर १७ पुगेको छ भने हाम्रो पार्टी अनि गोजमुमो को पार्षद संख्या १४ भएको छ। नगरपालिकामा जम्मा ३१ पार्षद छन्। बोर्ड गठन गर्न १६ पार्षद चाहिन्छ।