बंग्लादेशको तर्फबाट सबैभन्दा तेज शतकको रेकर्ड बनाए मुशफिकुर रहीमले

IMG-20230321-WA0104.jpg

२१ मार्चः मुशफिकुर रहीमले बंग्लादेश क्रिकेट इतिहासको सबैभन्दा तेज वनडे शतक बनाए। आयरल्याण्ड विरुद्ध दोस्रो वनडे म्याचमा मुशफिकुरले केवल ६० बलमा १४ वटा चौका र २ वटा छक्काको साथ अविजित १०० रन बनाएर यस उपलब्धिलाई हासिल गरे। म्याचमा बंग्लादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३४९ रनको ठूलो स्कोर बनायो, जुन वनडे इण्टरनेशनल क्रिकेटमा टीमको सर्वाधिक स्कोर पनि हो। बंग्लादेशले दुई दिन अघि पनि आयरल्याण्ड विरुद्ध पहिलो वनडे म्याचमा ३३८ रन बनाएको थियो। दोस्रो वनडेमा आयोजक टीमले ३४९ रन बनाएर पहिलो वनडेको रेकर्डलाई तोड़्यो। वनडेमा बंग्लादेशको तेस्रो सर्वाधिक स्कोर ३३३ रन रहेको छ, जुन उनीहरूले ३०१९-को वर्ल्ड कपमा अष्ट्रेलिया विरुद्ध बनाएका थिए।

मुशफिकुरले म्याचको अन्तिम बलमा शतक पूरा गरे। बंग्लादेशको तर्फबाट सबैभन्दा तेज वनडे शतकको रेकर्ड यसअघि शाकिब अल हसनको नाममा रहेको थियो, जसले २००९-मा जिम्बाब्वे विरुद्ध ६३ बलमा शतक पूरा गरेका थिए। मुशफिकुर र तौहीद हृदोयले चौथो विकेटको निम्ति ७८ बलमा १२८ रन योग गरे, जुन रन रेटको मामिलामा बंग्लादेशी जोड़ीद्वारा सबैभन्दा तेज १०० भन्दा अधिकको पार्टनरशीप पनि हो। म्याचमा मुशफिकुरले आफ्नो नवौं वनडे शतक बनाए। यसको साथै उनले वनडेमा सर्वाधिक शतक बनाउने बंग्लादेशी क्रिकेटरहरूका सूचीमा शाकिब अल हसनको बराबरी गरे। वनडेमा बंग्लादेशको तर्फबाट सर्वाधिक शतक बनाउने रेकर्ड कप्तान तमिम इकबालको नाममा रहेकोछ। उनले १४ वटा शतक बनाएका छन्। लिटन दास पाँचवटा शतकको साथ लिस्टमा चौथो स्थानमा रहेका छन्। ओवरकास्ट कण्डिशनले गर्दा शुरुवातमा बल निक्कै स्विंग भइरहेको थियो अनि पहिला ब्याटिंग गर्दै बंग्लादेशले पावरप्लेमा केवल ४२ रन बनाउन सक्यो। मुशफिकुर बाहेक कप्तान तमिम इकबालले २३, लिटन दासले ७०, नजमुल हसन शान्तोले ७३ र तौहीद हृदोयले ४९ रन बनाए। आयरल्याण्डको ईनिंग्स शुरु हुन अघि वर्षा शुरु हुँदा म्याच रद्द गरियो। तीनवटा वनडे म्याचको सीरीजमा बंग्लादेश अहिले १-०-ले अघि रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *