अग्निवीरहरूलाई केन्द्रीय बल र असम राइफल्समा प्राथमिकता दिने केन्द्रीय गृह मन्त्रालयको घोषणा

Army-1-2

नयाँ दिल्ली: केन्द्रीय गृह मन्त्रालयले ‘अग्निपथ योजना’ अन्तर्गत चार वर्ष पूरा गर्ने अग्निवीरहरूलाई केन्द्रीय सुरक्षा बल र सेनाको असम राइफल्सको भर्तीमा प्राथमिकता दिइने बताएको छ। गृह मन्त्रालयले बुधबार ट्विट गर्दै सो जानकारी दिएको छ। केन्द्रीय गृह मन्त्रालयले आफ्नो ट्वीटमा लेखेको छ, ‘अग्निपथ योजना युवाहरूको उज्ज्वल भविष्यका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी र स्वागतयोग्य दृष्टिकोण हो। अग्निपथ योजनाबाट तालिम लिएका युवाहरुले अझै पनि देशको सेवा र सुरक्षामा योगदान पुर्याउन सक्नेछन्। यस निर्णयको विस्तृत योजना कार्य शुरु भएको छl’

‘अग्निपथ भर्ती योजना’ अन्तर्गत युवाहरूले चार वर्षको अवधिको लागि सेनामा भर्ती हुने अवसर पाउनेछन्। यसका लागि साढे १७ वर्षदेखि २१ वर्ष उमेर समूहका युवा केटा तथा केटीहरू योग्य हुनेछन्। यसका लागि कक्षा १० देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। यो ९० दिनभित्र शुरु हुनेछ। यस वर्ष ४६ हजार अग्निवीर भर्ती गरिने भएको छ। पहिलो भर्ती प्रक्रियामा युवाहरुलाई ६ महिनाको तालिम दिइनेछ। तालिमको समय पनि चार वर्षमा समेटिनेछ। प्रत्येक अग्निवीरले भर्तीको वर्षमा ३० हजार महिनाको तलब पाउनेछन्। जसमध्ये ७० प्रतिशत अर्थात २१ हजार रुपियाँ उनलाई दिइनेछ। बाँकी ३० प्रतिशत अर्थात नौ हजार रुपियाँ अग्निवीर कोषमा जम्मा गरिनेछ। सरकारले पनि सो कोषमा सोही रकम राख्ने छ। अग्निवीरको तलब दोस्रो वर्ष ३३ हजार, तेस्रो वर्ष ३६.५ हजार र चौथो वर्ष ४० हजार रुपियाँ पुग्नेछ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *