उमरान मलिकलाई टेस्ट टीममा खेलिरहेको हेर्न चाहन्छन् ब्रेट ली

IMG-20230321-WA0093.jpg

२१ मार्चः अष्ट्रेलियाका पूर्व पेस बलर ब्रेट ली-ले भारतीय पेसर जसप्रीत बुमराहको अनुपस्थितिमा युवा बलरलाई मौका दिने परामर्श दिएका छन्। ब्रेट लीग युवा पेस बलर उमरान मलिकलाई भारतीय टेस्ट टीममा हेर्न चाहन्छन्। ली-ले भने, उमरान मलिकले समय खेरो नफालेर चाँड़ै आफ्नो देशको निम्ति पदार्पण गर्नु पर्नेछ। मलाई उनको बलिंग मन पर्छ। उनलाई टीममा सामेल गर्नुहोस्। मेरो टीममा त उनले अवश्यै मौका पाउनेछन् कारण गतिको सामना गर्नु सजिलो हुँदैन। तपाईंले उनलाई सटिक तरिकाले हेरचाह गर्नु पर्छ। उनलाई मौका दिनु जरूरी छ। उनले गतिले अवश्यै पनि विश्वभरिका ब्याटरहरूलाई चकित पार्नेछ।
अष्ट्रेलिया विरुद्ध जारी वनडे सीरीजको निम्ति भारतीय टीमका हिस्सा रहने उमरानले २५ नोभेम्बर २०२२-मा न्यूजील्याण्ड विरुद्ध वनडेमा पदार्पण गरेका थिए। उनले अहिलेसम्म आठवटा म्याचमा १३ विकेट लिएका छन्। उमरानले ३ अक्टोबर २०२१-मा सनराइजर्स हैदराबादको तर्फबाट आईपीएलमा पदार्पण गरेका थिए। आईपीएलमा उनले १७ वटा म्याच खेलेर २४ विकेट लिएका छन्। उमरानले आफ्नो पहिलो टी२० अन्तर्राष्ट्रिय म्याच २६ जून २०२२-मा आयरल्याण्ड विरुद्ध खेलेका थिए। टी२०आई प्रारूपमा उनले आठवटा म्याचमा ११ विकेट हासिल गरेका छन्। अष्ट्रेलिया विरुद्ध जारी वनडे सीरीजमा मोहम्मद शमी र मोहम्मद सिराजको जोड़ीले भारतीय पेस आक्रमणको अगुवाई गरिरहेका छन्। सीरीज अहिले १-१-को बराबरीमा रहेको हुनाले बुधवार खेलिने तेस्रो तथा निर्णायक म्याचमा उमरानले मौका पाउने सम्भावना कम्ती नै रहेको छ। उल्लेखनीय छ, उमरानको नाममा आईपीएल इतिहासको सबैभन्दा तेज बलिंग गर्ने रेकर्ड रहेको छ। उनले १५७ किमी प्रति घण्टाको गतिले बलिंग गरेर सबैलाई चकित पारेका थिए। आईपीएल २०२३-मा पनि सनराइजर्स हैदराबादका प्रशंसकहरूका नजर फेरि एकपल्ट उमरानमाथि रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *