गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोना भाइरसको संख्यामा घटबढ भइरहेको छ। यसै क्रममा आज एउटा कोरोना संक्रमित रोगी पेला परेको विभागले जानकारी गराएको छ।
राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ५६ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा पाकिम जिल्लाबाट एकजनामा संक्रमण पुष्टि भएको छ। ५६ जनाको नमूनामध्ये गान्तोक जिल्लाबाट २३, पाकिमबाट ३२ र सोरेङ जिल्लाबाट १ जना गरी रहेका छन्। हाल राज्यमा कोरोनाको सक्रिया मामिला ४ रहेको छ।
कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३३ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।