दुई जिल्लाका १४ जना कृषकलाई पावर ट्रिलर प्रदान

IMG-20230320-WA0310.jpg

गान्तोक: राज्यका सामाजिक कल्याण विभागको पहलमा आज प्रगतिशी अनुसूचित जातिका कृषकहरूलाई पावर ट्रिलर वितरण गरियो। विशेष गरेर गान्तोक र पाकिम जिल्लाका कूल १४ जना प्रगतिशील कृषकहरूलाई पावर ट्रिलर वितरण गरिएको हो। लुम्सेस्थित सामाजिक कल्याण विभागको परिसरमा आयोजित एक कार्यक्रमबीच १४ जना लाभार्थीहरूलाई पावर ट्रिलर प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सचिव डा. एबी कार्कीले प्रधानमन्त्री अनुसूचित जाति अभ्युदय योजना अन्तर्गत अनुसूचित जातिका कृषकहरूलाई आर्थिकरूपमा सबल बनाउने उद्देश्यले यो योजना शुरू गरिएको बताए। उनले आज वितरण गरिएको पावर ट्रिलरलाई आफ्नो बारीमा सदुपयोग गरेर जैविक उत्पादन गर्नुपर्ने आग्रह गरे। जैविक उत्पादनले कृषकहरूमा आर्थिक वृद्दि मात्र नभएर राज्य साथै देशको नै आर्थिकस्तरमा पनि विकास हुने बताए। यस अवसरमा कृषकहरूलाई पावर ट्रिलर कसरी चलाउनु पर्ने भन्नेबारेमा पनि सिकाइयो। कार्यक्रममा अतिरिक्त सचिव किशोर प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *