थर्पा मनिलाखा गुम्बामा आयोजित पाँच दिवसीय पूजाको भोलि समापन

IMG-20230320-WA0311.jpg

गान्तोक: ताथाङचेनस्थित थर्पा मनिलाखा गुम्बामा गत १७ मार्चदेखि शुरू भएको तेस्रो डेञ्जोङ दिछेन सिङ्द्रप मोनलम छेन्मो पूजाको भोलि समापन हुने भएको छ। समापन कार्यक्रममा अभिषेक वितरण गरिने आयोजक समितिका अध्यक्ष खेम्पो छोपेलले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्ष २०१९ देखि यस गुम्बामा यस प्रकारको पूजा शुरू गरिएको हो। तर गत दुई वर्ष कोरोनाकालको कारणले पूजा आयोजना गर्न नसकेको बताए। सोही प्रकारले आयोजक समितिका अध्यक्ष कुङ्गा जाङ्पो भोटियाले भोलि समापन कार्यक्रममा वाङ अर्थात अभिषेक वितरण गरिने भएकोले सम्पूर्ण भक्जनलाई गुम्बा परिसरमा उपस्थित भएर वाङ ग्रहण गरिदिने आग्रह गरेका छन्। यसै क्रममा आयोजक समितिका संयोजक तेञ्जिङ नोर्बु लाम्ठाले जानकारी गराए अनुसार यस वर्ष ४० फुट अग्लो राप्ने थाङका स्थापित गरिएको आजसम्म भक्तजनले दर्शन गर्न सक्ने बताए। भोलि समापन भएको कारण राप्ने थाङका रहने अवगत गराए। उनलो भनाइ अनुसार यस पूजाको पहिलो दिन फुदुङ गुम्बाका रिम्पोछे खोचेनले पूजा पाठ गरेका थिए भने दोस्रो दिन लिङदोङ गुम्बाका रिम्पोछे जुर्माङ घारवाङले पूजा पाठ गरे। सोही प्रकारले तेस्रो दिन इञ्चे गुम्बाका रिम्पोछे पेमा कुन्डालले पूजा पाठ गरेको जानकारी गराए। भोलि समापन कार्यक्रममा गोञ्जाङ रिम्पोछेले भक्तजनलाई दर्शन दिनको साथै पूजा पाठ गर्ने भएका छन्। उल्लेखनीय छ, काब्जी धोद्रुप रिम्पोछेको स्मरणमा यस गुम्बाका पूजा आयोजना गरिएको हो भने यसको पहल रिम्पोछे रोङनेकले गरेको हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement