डाइटको पहलमा तेस्रो शिक्षक सम्मेलन सम्पन्न

IMG-20230320-WA0312.jpg

गान्तोक: डाइट गान्तोकको पहलमा आज तेस्रो शिक्षक सम्मेलन आयोजन गऱ्यो। प्रथम दिनको उद्घाटन सत्रमा एससीईआरटीका निर्देशक डा. रविन गुरूङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने निमुन भापर अभियानका संयुक्त निर्देशक ग्याल्छेन शेर्पा, एससीईआरटीका संयुक्त निर्देशक छिरिङ ल्हमु भोटिया लगायत अन्यको पनि उपस्थिति रहेको थियो। सम्मेलनबारे बोल्दै डाइट गान्तोकका प्रचार्य छिरीङ वाङ्दी भोटियाले प्राथमिक पाठशालाका विद्यार्थीहरूले भोग्न परिरहेको समस्यालाई के कस्ता पद्धतिद्वारा सहजसहित समाधान गराउन सकिन्छ भन्नेबारेमा अवगत गराए। यसका सातै उनले विद्यार्थीहरूमाथि गरिएको अनुसन्धनात्मक अध्ययन अन्य शिक्षकहरूसँग साझा गर्न यस कार्यक्रम आयोजना गरेको बताए। सम्मेलनमा शिक्षकहरूले प्रस्तुत गरेका शोध पत्रहरू अन्य शिक्षकहरूको निम्ति धेरै सहयोगी हुने पनि उनले थप बताए। यस प्रकारको सम्मेलन आयोजन गर्ने सम्भवत सिक्किम प्रथम राज्य रहेको बताउँदै राष्ट्रियस्तरबाट पनि यस्ता कार्यक्रमहरूको प्रशंसा भइरहेकोमा उनले खुशी व्यक्त गरे।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्य अतिथि डा. रविन गुरूङले प्राथमिक स्तरमानै विद्यार्थीहरूको शैक्षिक धरातल बलियो बनाउनुपर्ने विषयमा जोर दिए। वर्ष १९८० को दशकपछि वर्ष २०२० मा आएको नयाँ शिक्षा नीति धेरै लाभदायक रहेको उनले बताउँदै यसले विद्यार्थीहरूको शैक्षिक नीव बलियो बनाउन धेरै सहयोग पुग्न सक्ने सम्भावना व्यक्त गरे। शिक्षकहरूको अभिप्राय जहिल्यै चोखो हुने रहेको बताउँदै यो क्षेत्रमा समाजको पनि सहभागिता हुन आवश्यक रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *