नवाङ लामा र कर्माला शेर्पा बने राष्ट्रीयस्तरको अम्पायर

2022_9largeimg_1780947914.jpg

गान्तोकः व्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका दुई जना अम्पायरले नेशनल ग्रेड अम्पायर साथै नेशनल म्याच कण्ट्रोलर इन्डियाको मान्यता पाएका छन्। नवाङ लामा र कर्माला शेर्पाले हालै भुवनेश्वरमा सम्पन्न भएको नेशनल कण्ट्रोलको परीक्षामा उतिर्म गरेपछि राष्ट्रीय अम्पायरको मान्यता पाएका हुन्। उक्त परीक्षा ब्याडमिन्टन एसोसिएशन अफ् इन्डियाको पहलमा आयोजना गरिएको थियो। नवाङ लामा हाल एसआरएम विश्व विद्यालयमा एसिस्टेन्ट प्रोफेसरकोरूपमा कार्यरत छन् भने उनले वर्ष २०२२मा स्टेट अम्पायरको परीक्षा उतिर्ण गरेका थिए। उनी सिक्किमको पहिलो नेशनल म्याच कण्ट्रोल भएका छन्। यसरी नै कर्माला शेर्पाले हालसम्म धेरैवटा राष्ट्रीय अन्तराष्ट्रीय खेलहरूमा अम्पायरको भूमिका निर्वाह गरिसकेका छन्। उनीहरूको सफलता साथै उपलब्धिलाई लिएर ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमले बधाई साथै शुभकामना दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *