एमपीसीएसको २१औं वार्षिक सभा समपन्न

1600x960_342294-women-and-child-development-department-sikkimjpg.png

गान्तोक: एमपीसीएसको २१औं वार्षिक सभा सम्पन्न भयो। यस सभाको अध्यक्षता एमपीसीएसका अध्यक्ष विष्णुलाल शर्माले गरेका थिए भने सभामा जिल्ला पञ्चायत रबिन मोक्तान, पञ्चायत अध्यक्ष पेमा तामाङ लगायत संस्थाका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। सो सभामा अडिट अफिसर निमा छिरिङ भोटियाले गत वर्षको अडिट रिपोर्ट प्रस्तुत गर्दै गत ९ लाख २० हजार १६१ रूपियाँ मुनाफा भएको बताए। यसै क्रममा समितिका अध्यक्ष विष्णु लाल शर्माले संस्थाले गरेको गतिविधिबारे विस्तृतरूपमा जानकारी गराए। सोही प्रकारले संयुक्त रेजिस्टरर केसाङ याङकीले सहकारी समितिका सदस्यहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराइन्। समितिका सदस्यहरूको सक्रिय भूमिका बिना समितिले विकास गर्न नसक्ने उनले बताइन्। उनले सहकारी मन्त्रालयबाट आगामी दिनमा शुरू गरिने योजनाहरूबारे पनि अवगत गरिन्। समितिका सदस्यहरूले आगामी दिनमा समितिको माध्यमद्वारा कृषि उत्पादनलाई बजार व्यवस्थापन गरिनु पर्ने आग्रह गरिन् ।यस अवसरमा नयाँ समिति पनि गठन गरिएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *