अभिषेक बेनर्जीले अप्रेलमा जिल्लाहरूको भ्रमण गर्ने

1500x900_417261-abhishek-banerjee.jpeg.jpg

कोलकाता: सत्तारूढ़ तृणमूल राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले आगामी महिनादेखि राजनीतिक कार्यक्रमहरूको निम्ति जिल्लाहरूको भ्रमण शुरू गरिरहेका छन्।पार्टीको तर्फबाट सोमवार कार्यक्रमको घोषणा गरौनुसार उनी ०८ अप्रेलको दिन अलीपुरद्वार, १२ अप्रेलमा बांकुड़ा, १७ अप्रेलमा पूर्व बर्दवान, २० अप्रैलमा उत्तर दिनाजपुर र २९ अप्रेलमा हुगलीमा जनसभालाई सम्बोधित गर्नेछन्। यस यात्रा कार्यक्रममा सामेल अधिकांश जिल्लाहरूमा तृणमूलको संगठन अपेक्षाकृत कमजोर छ यसैले अभिषेक त्यहाँबाट संगठनलाई बलियो बनाउने प्रयासमा जुटेका छन्। यद्यपि, यसअघि मार्चको अन्तमा अभिषेकको अझ दुई कार्यक्रम छ। उनी २७ मार्चमा आफ्नो संसदीय क्षेत्र डायमन्ड हार्बरको आमतला बस टर्मिनसको उद्घाटन गर्नेछन्। त्यही २९ मार्चमा शहीद मीनारमा छात्र र युवाहरूको सम्मेलनमा उनी मुख्य वक्ता हुनेछन्। त्यही, पार्टी सुप्रिमो ममता ब्यानर्जी पनि छिट्टै नै जिल्लाहरूको भ्रमणको शुरूआत गर्नेछिन्। पार्टी सूत्रहरू अनुसार, उनले महिनामा कम्तीमा तीन पल्ट व्यक्तिगत रूपमा अलग-अलग जिल्लाहरूमा गएर संगठनको स्थितिको जायजा लिनेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement