लिव इन रिलेशनशिपको रजिस्ट्रेशनको माग सुप्रिम कोर्टमा खारेज

CollageMaker_2023320235131702.jpg

नयाँ दिल्ली: सुप्रिम कोर्टले लिव-इन लिरेशनशिपको रजिस्ट्रेशनको माग गरिएको याचिका खारेज गरेको छ। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्चले यसलाई अव्यवहारिक बताएको छ। सुनवाईमा कोर्टले भन्यो, यो कस्तो याचिका हो, कुनै पनि प्रकारको याचिका दर्ता गरिन्दैछ। हामी यस्ता याचिकाहरूमा जरिमाना लगाउनु शुरू गर्नेछौं। लिव इन रिलेशनशिपको रजिस्ट्रेश कहाँ गर्ने? के केन्द्र सरकारले रजिस्ट्रेशन गर्नेछ? केन्द्र सरकारलाई लिव इन रिलेशनशिपमा बस्नेहरूसित के सरोकार? उकील ममता रानीले दर्ता गरिएको याचिकामा श्रद्धा वालकर र निक्की यादव हत्याकाण्डको उल्लेख गरेकी थिइन्। याचिकामा गोपनीय चलिरहेका यस्ता सम्बन्ध लगातार जघन्य अपराधको कारण बनिष्का भनिएको थियो।

About Author

Advertisement