५० लाख रूपियाँ अनुदानको घोषणा मोहन बागानको निम्ति

IMG-20230319-WA0006.jpg

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आईएसएल च्याम्पियन बनेको मोहन बागान क्लबको निम्ति ५० लाख रूपियाँ वित्तीय अनुदानको घोषणा गरेकी छन् ।ममताले भनिन्, गत साल पनि म यहाँ आएकी थिए। क्लबलाई राम्ररी सजाउनका लागि मैले अगावै ५० लाख रूपियाँको वित्तीय मद्दतको घोषणा गरेकी थिए। आज जितपछि म क्लबका समर्थकहरूको तर्फबाट मिठाई खान आएकी हुँ। क्लबको उन्नतिको निम्ति राज्य सरकारको तर्फबाट थप ५० लाख रूपियाँको वित्तीय मद्दत दिइनेछ। मैले खेल मन्त्री अरूप बिस्वासलाई तुरन्तै तपाईलाई वित्तीय अनुदान दिनलाई भनेकी छु। मोहन बागान क्लबले आफ्नो शानदार प्रदर्शनले पश्चिम बंगाललाई पूरा देशमा गौरवान्वित गरेको छ। प्रार्थना छ, आउने समयमा तपाईले वर्ल्ड कप जितुन्। ममताले भनिन्, यही क्लबको निम्ति पहिले गोस्ट गोपालले खेल्नेगर्थे, जसले खाली खुट्टा खेलेर गोर्खा टीमलाई हराएका थिए। यस क्लबको साथ बंगालका मानिसहरूको भावना जोड़ेको छ। आज पूरा देशमा शानदार प्रदर्शनको कारण हामी गौरवान्वित छौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *