१४ दिनको न्यायिक हिरासतमा टीएमसी नेता अणुव्रत मण्डलको सीए मनीष कोठारी

anubrata-mondal-and-his-accountant-manish-kothari-98684060.jpg

नयाँ दिल्ली: दिल्लीको राउज एवेन्यू कोर्टले करोड़ों रूपियाँको पशु तस्करी मामिलामा तृणमूल कांग्रेस नेता अणुव्रत मण्डलका सीए मनीष कोठारीलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।आज कोठारीको ईडी हिरासत समाप्त भईरहेको थियो, जसपछि उनलाई कोर्टमा पेश गरियो। कोर्टले १५ मार्चमा कोठारीलाई आजसम्मको लागि ईडी हिरासतमा पठाएको थियो। ईडीले उनलाई १४ मार्च साझ पक्राउ गरेको थियो। ईडीले भनेको छ, उनी अणुव्रत मण्डलको सीए हुन् र उनले फर्जी कम्पनीहरू बनाएर त्यसको माध्यमले पैसा डायवर्ट गरे अणुव्रत मण्डलसित सोधपुछ गर्दा उनले कोठारीलाई सबै कुरा थाहा रहेको बताए। यस मामिलामा अणुव्रत अहिले ईडीको हिरासतमा छन्। १० मार्चमा कोर्टले मण्डलको ११ दिनको ईडी हिरासत बढ़ाएको थियो। ईडीले उनलाई ७ मार्च राति कोलकातादेखि दिल्ली लिएर आएको थियो। मण्डललाई यस मामिलामा सीबीआईले ११ जुलाई २०२२ मा पक्राउ गरेको थियो । ईडीले उनलाई १७ नोभेम्बर २०२२ मा आसनसोल जेलबाट पक्राउ गरेको थियो। ईडीले उनीसित आसनसोल जेलमा सोधपुछ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *