भारतीय जूनियर आर्चरहरूले एशिया कूप चरण ऐकमा जिते पाँच स्वर्ण पदक

1628949721_jha2.jpg

नयाँ दिल्ली: भारतका जूनियर आर्चरहरूले चीनी ताइपेको तायोयुआनमा एशिया कप चरण एक विश्व या‌ङ्किङ टूर्नामेन्टमा पाँच स्वर्ण सहित कूल १० पदक हत्याउन सफल भएका छन्। यस टूर्नामेन्टमा १३ देशका १५६ आर्रचरहरूबीच भारतीय दलले चार रजत र एक कांस्य पदक पनि आफ्नो नाम गरे। टूर्नामेन्टको अन्तिम दिन आइतवार प्रगति, एश्वर्या शर्मा र परनीत कौरको कम्पाउन्ड महिला टीमले कजाखस्तानलाई २२७ -२१५ ले पराजित गर्दै स्वर्ण पदक जिते। प्रगतिले व्यक्तिगत कम्पाउन्ड स्पर्धामा परनीत कौरलाई टाई ब्रेकरमा पराजित गर्दै स्वर्ण पदक हासिल गरिन्। पवन, पार्थ र रामपालको जूनियर पुरूष रिकर्व टीमले सउदी अरबलाई ५-२ ले पराजित गर्दै स्वर्ण पदक जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement