असम राइफल्सद्वारा अन्तरराष्ट्रिय प्रसन्नता दिवस पालन

assam-rifles-1.jpg

शोणितपुर: असम राइफल्सको चारीदुआर बटालियनको सभागारमा अन्तरराष्ट्रिय प्रसन्नता दिवस पालन शोणितपुर जिल्लाको चारीदुआर थाना क्षेत्रमा गरियो। यस अवसरमा बटालियनका अधिकारीले समाज सेवी जैमी इलीयनको सोधमाथि चर्चा गरे तथा संयुक्तराष्ट्रद्वारा मानव जातिको कल्याणको निम्ति गरिएको प्रयासहरूको सराहना गरे।अन्तरराष्ट्रिय प्रसन्नता दिवस हरेक साल मनाइनुको मुख्य कारण मानिसहरूलाई विश्वमा यस्ता कतिपय मानिसहरू छन्, जो खुशीको कमीको साथ आफ्नो जीवन बिताइरहेका छन्, यस तथ्यबारे बुझाउनु हो। बढ्दो तनावले उनीहरूलाई आफ्नो कामसम्म रहन सीमित गरिरहेछ। उनीहरूले आफ्नो मनपर्ने काम, जसलाई गर्दा उनीहरूलाई खुशी महसूस हुन्छ, गर्न पाईरहेका छैनन्। उनीहरूले पर्याप्त समय पाईरहेका छैनन्।उनले भने, एक असल जीवनको निम्ति जति आवश्यक काम गर्नु हो, उति नै आवश्यक मानसिक सन्तुलन पनि हो, मानिसहरूले यो बुझ्ने आवश्यकता छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement