निःशुल्क चिकित्सा शिविरको आयोजना एसएसबीद्वारा समपन्न

1631863975_Eye_big_1.jpg

कोकराझार: कोकराझार जिल्लाको रानीगुली स्थित सशस्त्र सीमा बल (एसएसबी) को ६औं वाहिनीले अन्तरराष्ट्रिय सीमा क्षेत्र अन्तर्गत नाकेदारा, शान्तिपुर, देवश्री उदालगुडी, कोराईबाडी आदि गाउँमा आज (आइतवार) निःशुल्क मानव एवं पशुधन चिकित्सा शिविरको आयोजन गरिएको शिविरमा चिकित्सा अधिकारी डा. टीटी हटजाओ (सीएमओ/एसजी) को उपस्थितिमा आयोजित चिकित्सा शिविरको सीमा चौकी टुकराबस्ती एवं दादगिरीका वरिपरिका गाउँहरूले लाभ उठाए। शिविरमा लगभग १७९ जनाको जाँच गरियों औँ उनीहरूलाई निःशुल्क दवाई पनि उपलब्ध गराइयो। साथै डा. हटजाओले मानिसहरूलाई सफा बस्नलाई भने औं रोगहरूबाट जोगिने सुझाउ दिए। त्यही, कमान्डेन्ट डा. जयन्तो देवरी (पशु चिकित्सक) को उपस्थितिमा आयोजित पशु चिकित्सा शिविरको पनि ग्रामीणहरूले लाभ उठाए। जसमा लगभग १०५५ पशुहरूको चिकित्सा जाँच गरियो औं दवाईहरू पनि उपलब्ध गराइयो। शिविरको स्थानीय ग्रामीणहरूले जमेर सराहना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *