एबीभीपी द्वारा उत्तरबंग विश्वविद्यालयमा उप-कुलपति नियुक्त गरिनुपर्ने मागमा विक्षोभ प्रदर्शन

984427fc-dda8-43cb-a747-0548369e693e-1024x576.jpg

सिलगढी: आज एबीभीपी ले उत्तरबंग विश्वविद्यालयमा उप-कुलपति नियुक्त गरिनुपर्ने माग गर्दै विक्षोभ प्रदर्शन गर्यो। एबीभीपी का सदस्यहरूले आज विश्वविद्यालयको २ नम्बर गेटबाट एउटा रेली निकालेर प्रशासनिक भवनसम्म पुगेपछि शिक्षा मन्त्रीको कुशको पुतला दहन गर्दै विक्षोभ प्रदर्शन गरे। एबीभीपी को आरोप अनुसार उत्तरबंग विश्वविद्यालयमा हाल उप-कुलपति छैन। रेजिस्ट्रार तथा वित्त अधिकारी लगायत अन्य विविध पदहरू रिक्त अवस्थामा रहेको छ। चाँडै पारदर्शिताको रूपमा उपकुलपतिको नियुक्त गरिनुपर्ने तिनीहरूले माग गरे। यस विषयमा एबीभीपी का राज्य सचिव शुभव्रत अधिकारीले भने, विश्वविद्यालयमा उप-कुलपति छैन। विश्वविद्यालयमा बस परिसेवा बन्द रहेको छ। विद्यार्थीहरूलाई खाना पाएका छैनन्। चाँडै उप-कुलपति नियुक्त नगरेको खण्डमा आगामी दिनमा अनिश्चितकालीन धरनामा बस्ने तिनले चेताउनी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *