प्रदेश भाजपाले पार्टीको ४३औं स्थापना दिवस भव्यरूपमा मनाउने

Untitled-1-copy-48

गान्तोकः भारतीय जनता पार्टी, सिक्किम प्रदेशको महत्वपूर्ण समन्वय सभा आज सिङ्तामस्थित प्रदेश कार्यालयमा प्रदेश अध्यक्ष एवं विधायक डीआर थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टी उपाध्यक्ष अर्जुन राई, महामन्त्री भरत दुलाल, प्रदेश, जिल्ला तथा मण्डल कार्यसमिति सदस्यगण साथै मोर्चा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा विभिन्न सांगठनिक विषयहरूमा चर्चा-परिचर्चा साथै समीक्षा गरिएको जानकारी पार्टी प्रवक्ता डा. राजु गिरीले प्रेस विज्ञप्तिमा दिएका छन्। आजको बैठकले विशेष गरी आगामी ६ अप्रेल, पार्टीको ४३औं स्थापना दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ। ६ अप्रेलको दिन राज्यस्तरीय जनसभाको आयोजना गरेर स्थापना दिवसभव्य रूपमा मनाइनेछ भने यसको निम्ति आजदेखि नै तयारी शुरू भएको छ। सभामा आगामी स्थापना दिवसलाई सफल बनाउन हेतु उपस्थित पदाधिकारीगणले विभिन्न आकर्षक सुझाउहरू पनि दिएका थिए।

सभालाई सम्बोधन गर्ने क्रममा प्रदेश अध्यक्ष डीआर थापाले हालै गेजिङमा सम्पन्न पार्टीको जनसभालाई सफल बनाएकोमा सबैप्रति आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरूमा पनि सबै एक भएर पार्टीलाई बलियो बनाउन योगदान दिनुपर्ने कुरामा जोर दिए। पार्टीले चाँड़ै पूर्ण संगठन विस्तार गर्ने अनि सबै मोर्चाहरूबाट पार्टीलाई बलियो बनाउने बताउँदै अब भारतीय जनता पार्टीलाई नयाँ उचाई दिन सबै कार्यकर्ताहरूलाई एक वर्ष खटेर काम गरिदिने आग्रह गरे। उनले भाजपाको नीति र सिद्धान्तलाई जन-जनमा पुऱ्याउनका साथै पार्टीमा अधिकभन्दा अधिक मानिसहरूलाई जोड्न सबै स्तरका पदाधिकारीहरूलाई आह्वान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *