केशर खेतीको विकासका लागि कृषि मन्त्रीले गरे विशेष प्याकेजको माग

Untitled-1-copy-47

गान्तोकः राज्यका कृषि मन्त्री लोकनाथ नेपालले राज्यमा जैविक खेती, केशर खेतीलाई बढ़ावा दिन केन्द्रसमक्ष विशेष प्याकेजको माग गरेका छन्। आज केन्द्रिय डोनर मन्त्री जी किशन रेड्डीको अध्यक्षतामा कृषिमा अन्तर-मन्त्रालय कार्यदलको सिफारिसको कार्यान्वयनको समन्वय र समीक्षाबारे आयोजित सम्मेलनमा यहाँको टाशीलिङ सचिवालयबाट भिडियो कन्फरेन्समार्फत राज्यका कृषि मन्त्री लोकनाथ नेपालले सहभागिता जनाउँदै उपरोक्त कुरा राखेका हुन्।

भर्चुअल रूपमा सम्मेलनमा राज्यका कृषि विभागीय सचिव जिग्मी डी. भोटिया, बागवाणी विभागीय सचिव सदन तामाङ लगायत वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। मन्त्री लोकनाथ नेपालले कृषि क्षेत्रमा सिक्किम राज्यको अवस्थाबारे प्रकाश पार्दै जैविक खेतीको निम्ति विशेष प्याकेज आवण्टन गर्नुपर्ने दिशामा जोर दिए। उनले बेमौसमी उच्च मूल्ययुक्त उत्पाद उत्पादनको लागि दिगो वातावरणमैत्री खेती अभ्यासलाई प्रवर्द्धन गर्न किसानको खेतमा बाँसको संरचनाको हरितगृह निर्माणका लागि एनईसी अन्तर्गत पेश गरिएको आयोजना स्वीकृत गर्न माग गरे। उनले हालै स्थापित पाकिम अनि सोरेङ दुईवटा जिल्लाबारे सूचित गर्दै कृषि विज्ञान केन्द्र स्थापना गर्नुपर्ने साथै अन्य सम्बन्धित पूर्वाधारहरू निर्माण विषयबारे जोर दिए। मन्त्री नेपालले भूपरिवेष्ठित राज्यको कठिन भौगोलिक विशेषताका चुनौतीहरूबारे प्रकाश पार्दै कृषि उपजको बजारीकरणको लागि सहज पहुँचहेतु पृथक क्षेत्रमा मोटरेबल सडक र फुटपाथ जडानबारे जोर दिए।

उनले सिक्किम राज्यमा केशरको खेतीको सफल परीक्षण भइसकेको विषयबारे केन्द्रिय मन्त्रीको ध्यान आकर्षण गराए। मन्त्री नेपालले सिक्किममा केशर अभियानको निम्ति विशेष प्याकेज आवण्टन गरिदिनुपर्ने अनुरोध गरे। उनले कृषि क्षेत्रमा वन्यजन्तुहरूको उपद्रो एक समस्या रहोक उल्लेख गर्दै यसको रोकथामहेतू पहल गर्न आग्रह गरे। केन्द्रिय डोनर मन्त्रीले सिक्किम राज्यले विविध क्षेत्रमा गरेको प्रदर्शनीको सराहना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *