राजगञ्ज: हरिचन्द ठाकुरको २१२औँ आविभार्व तिथिको उपलक्ष्यमा मतुआ महामेलाको आयोजना गरियो। जलपाईगुड़ी संलग्न राजगञ्ज विधानसभा अन्तर्गत बारोपाटिया अञ्चलको नाथुआ तट इलाकामा तीन दिवसीय यस महामेलाको आयोजना गरिएको छ। यो महामेला हिजो पूर्णब्रह्म श्री श्री हरिचन्द तीर्थधामको सञ्चालनमा पूर्णबरूनीको स्नानको साथमा शुरू भएको हो। यस सम्बन्धमा आयोजकहरूले बताए अनुसार श्री श्री हरिचन्द ठाकुरको जयन्तीको अवसरमा यस मेलाको आयोजना गरिएको हो। पुजा- अर्चनाको साथमा तीन दिनसम्म विभिन्न समारोहको आयोजना गरिएको छ। यसको साथै हरिचद ठाकुरको आदर्शबारे साधारण मानिसहरूलाई अवगत गराइनेछ।