कालचिनीः लटरी र जुवा खेलेर करोड़पति हुनु भनेको डोकोमा दुध दुहेको सरह हो भनिन्छ। तर कहिलेकही डोकोमा पनि दुध अड़िन्छन् भने कुरालाई लटरी अर्थात चिट्ठा खेलाले सिद्ध गरेका छन्। अहिले डुवर्सको प्रत्येक गाउँ बस्तीहरूमा लटरीको हावाले छोएको छ भने धेरै भुँई मान्छे र श्रमिकहरूले यस्ता लटरी खेलमा करोड़ौँ रुपियाँको पुरस्कार प्राप्त गर्न सफल पनि बनेका छन्।
यस्तै क्रममा सोमबार लटरीको एक करोड़ पुरस्कारको विजेता बनेका छन् मेचपाड़ा ८ नम्बर चियाबारीको एकजना कमाने श्रमिक रोशन प्रधान।
बेला बखतमा लटरी काटदै आईरहेको रोशन प्रधानले सोमबार बिहान कमानको ड्युटीमा जाँदा १० सीरिजको डियर लटरी काटेको थियो भने दिउँसो १ बजीको लटरी परिणाममा तिनले १ करोड़को पुरस्कार प्राप्त गर्न सफल भएको छ। लटरीको १ करोड़ रुपियाँको पुरस्कार आफ्नो भाग्यमा आएपछि रोशन प्रधान र तिनको परिवारमा खुसीको लहर छाएको छ। लटरीको पुरस्कार सुनिश्चित गर्न रोशन प्रधान कालचिनी थानामा गएपछि ढुक्क भएको छ। सानो घरमा जीवन बइताईरहेकोले अब लटरीको रकम हात लागेपछि पहिला आफ्नो बस्ने घर निर्माण गर्ने र छोरा छोरीको भविष्यको निम्ति ब्याङ्कमा पैसा जमा गर्ने र रहेका रकमले पेट पालनको निम्ति केही आयश्रोतको बाटो पहिलाउने रोशन प्रधानले जनाएका छन्। यता गाउँलेको लटरीमा १ करोड़को पुरस्कार जितेकोमा गाउँलेहरू सबै चकित बनेका छन् भने लटरी नखेल्ने गाउँलेहरूले पनि कतै करोड़पति बनिन्छ कि भन्ने आशले लटरी खेल्न उत्सुक बनेका छन्।