दार्जीलिङ: दार्जिलिङ नगरपालिका क्षेत्रमा बिल्डिङ प्लानबिना नै धमाधम माटो खन्ने कार्यले स्थानीय बासिन्दाहरू पैह्रो जाने डरले डराईरहेको जानकारी दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ३१ को नगरपार्षद रितेश पोर्तेल दिएका छन्। यस विषयमा दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ३१ अन्तर्गत पर्ने जहर बस्ती २ को समाजले नगरपार्षद रितेश पोर्तेललाई लिखित ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापन पत्रमा अहिले पानी परीरहेको बेला बिल्डिङ निर्माणको कार्य लिएर जमीन खन्ने काम धमाधम भईरहेको छ जसको कारणले गर्दा स्थानीय वासिन्दाहरू कताई पैह्रो पो जान्छ कि भनेर भयभीत बनेका छन्। भित्ता काटेकोले कुनै प्रकारको पैह्रो गए त्यसको जिम्मा कसैले लिन्छ? नगरपालिकाले लिन्छ भन्ने जस्ता प्रश्नहरू पनि तेर्साउँदै आईरहेको नगरपार्षद पोर्तेलले बताएका छन्। आफु यस क्षेत्रको निर्वाचित नगर पार्षद भएको नातामा आफुले नगरपालिकाको विभागीय अधिकारीहरूसँग कुरा गर्दा बिल्डिङ निर्माण लिएर नगरपालिकाबाट बिल्डिङ प्लान केही नलिएको आफुलाई बताएको पोर्तेलले बताए।दार्जीलिङ नगरपालिकाको नगरपार्षद उर्फ एमआईसी यस बिल्डिङ निर्माणका कार्यमा 50 प्रतिशतको भागीदार रहेको सुन्नमा आएको नगरपार्षद पोर्तेलले बताए। दार्जीलिङ नगरपालिकामा अहिले भागोप्रमोको बोर्ड छ अनि भागोप्रमोले नयाँ सोच, नयाँ विचार भन्ने गर्छ तर यस्तो प्रकारको नयाँ सोच र नयाँ विचार जनता र दार्जीलिङको लागि हानिकार हो पोर्तेलले भने। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड थियो तर हाम्रो पार्टीको बोर्डको कार्यलाई मन नपराए बोर्ड तोडेर उनीहरू भागोप्रमोमा सामेल भएर बोर्ड गठन गरेको छ। तर उनीहरूले यस्तो प्रकारको अवैध कार्यहरू गर्न एकदम लाज लाग्दो विषय भएको पोर्तेलले बताए। नगरपार्षद पोर्तेलले अधि भने, यो मेरो वार्डको अधीनमा पर्छ। त्यसकारण म यस क्षेत्रको निर्वाचित जन प्रतिनिधि भएको नातामा यो अवैध निर्माण कार्य शीघ्र बन्द गरियोस् भन्ने विभागीय अधिकारीहरू समक्ष निवेदन गर्छु।’उनले अझ भने, ‘दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड हुँदा यस प्रकारको अवैध निर्माणहरू भएको थिएन तर हाम्रो पार्टीको बोर्ड हट्ने बित्तिकै यस प्रकारको अवैध निर्माणहरूको निर्माण कार्यहरू फेरि शुरु भएको छ।’