पंचायत चुनावबारे हाम्रो पार्टी र गोजमुमोको बैठक सम्पन्न

00-1-IMG-20230320-WA0161

दार्जीलिङ: पंचायत चुनावलाई लिएर हाम्रो पार्टी र गोजमुमो बीच बैठक भएको छ। बैठकमा हाम्रो पार्टीको पक्षबाट सभासद रोबर्ट छेत्री, दार्जीलिङ नगरपालिका पूर्व नगरपालिका अध्यक्ष रितेश पोर्तेल आदि उपस्थित थिएl यात गोजमुमोको पक्षबाट नोमन राई, सुरज सुब्बा उपस्थित थिएl एक घण्टा भन्दा लामो समयको बैठकमा आउँदो दिनमा हुने पंचायत चुनावको मैदानमा ओर्लिने बारे विषयहरूमाथि चर्चा परिचर्चा भयो। पंचायत चुनाव लिएर हाम्रो पार्टी र गोजमूमो माझको यो पहिलो बैठक होl अब फेरि केही दिनभित्र पंचायत चुनाव लिएर दोस्रो चरणको बैठक हुने भएको छ। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै जनताको राज भन्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement