केन्द्रीय मन्त्री परिषदद्वारा फाइभजी स्पेक्ट्रम लिलामीलाई अनुमोदन

5G

तिहारसम्म सेवाहरू उपलब्ध हुने सम्भावना

नयाँ दिल्ली: केन्द्रीय मन्त्री परिषद्ले देशमा पाँचौं पुस्ताको दूरसञ्चार सेवा शुरु गर्ने महत्वपूर्ण निर्णय गरेको छ। केन्द्रीय मन्त्रीहरुको क्याबिनेटले फाइभजी स्पेक्ट्रमको लिलामीलाई अनुमोदन गरेको छ। विज्ञहरूका अनुसार सबै कुरा ठीक भएमा यो वर्ष तिहारसम्म देशवासीले फाइभजी टेलिकम सेवाको उपहार पाउन सक्नेछन्। यी सेवाहरू २० वर्षसम्म सञ्चालन गर्न सरकारले जुलाईको अन्तसम्म कुल ७२०९७.८५ मेगाहर्ज स्पेक्ट्रम लिलामी गर्ने भएको छ। बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्री परिषदको बैठकमा दूरसञ्चार विभागको स्पेक्ट्रम लिलामीको प्रस्तावलाई अनुमोदन गरियो। लिलामीमा सफल बोलपत्रदाताहरूलाई देशका जनता र उद्यमहरूलाई फाइभजी टेलिकम सेवाहरू उपलब्ध गराउनको लागि इजाजतपत्र प्राप्त स्पेक्ट्रम दिइनेछ।

यसअघि आर्थिक मामिलासम्बन्धी मन्त्री परिषद् समिति (सीसीईए)ले फाइभजी स्पेक्ट्रमको लिलामीलाई स्वीकृत गरेको थियो। देशका दूरसञ्चार कम्पनीहरू लामो समयदेखि फाइभजी स्पेक्ट्रमको लिलामीको पर्खाइमा छन्। यससँगै देशमा नयाँ टेलिकम क्रान्तिको शुरुवात भएको छ। दूरसञ्चार मन्त्रालयले यसै हप्तादेखि इच्छुक दूरसञ्चार कम्पनीहरूबाट आवेदन आह्वान गर्ने भएको छ। लिलामी प्रक्रिया जुलाईको अन्त्यबाट शुरु हुनेछ। यसका लागि स्पेक्ट्रमको कुल लागत ५ लाख करोड रुपियाँ राखिएको छ। यसअन्तर्गत सरकारले नौ स्पेक्ट्रम लिलामी गर्ने भएको छ। यो लिलामी २० वर्षको लागि हुनेछ। यस लिलामीमा टेलिकम कम्पनीहरूले ६०० देखि १८०० मेगाहर्ज ब्यान्ड र २१००, २३००, २५०० मेगाहर्ज ब्यान्डको लिलामीका लागि आवेदन दिनेछन्। भारत सरकारले फाइभजी स्पेक्ट्रमको कलिङ र भिडियो कलिङका साथ उन्नत सेवाहरूको परीक्षण गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *