साकाल, पासाङ र अभयले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230320-WA0249.jpg

पहाड र जातिप्रति हाम्रो पार्टी मात्र इमान्दार रहेको छ: देवान

दार्जीलिङ: लेबुङ बदमताम समष्टिको प्रभावशाली राजनैतिकज्ञ साकाल देवान, पासाङ तामाङ, अगम आदिले समाए हाम्रो पार्टीको झण्डा। शहरको नेरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि बास स्थानमा आज लेबुङ बदमताम समष्टिको प्रभावशाली युवा राजनैतिकज्ञ साकाल देवान, पासाङ तामाङ, अभय आदिले हाम्रो पार्टीमा सामेल भए। पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स, शारदा राई सुब्बा, रोवर्ड छेत्री आदिले यी नेतृत्वहरूलाई पार्टीमा खदा लगाएर स्वागत जनाए।हाम्रो पार्टीमा सामेल भएपछि साकाल देवानले पहाडमा धेरै राजनैतिक पार्टी हरू छन तर हामीले पहाडको सवै राजनैतिक पार्टीहरू लाई हेरयौ तर हाम्रो पार्टीलाई हामी कुनै दागी नभएको पार्टी देखेर हामीले दार्जीलिङ पहाड र हाम्रो जातीको निम्ति केही गर्न सक्छौ भन्ने सोच लिएर हामीले हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको हो।तिनले अधि भने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स एक समाज सेवी हुनु हुन्छ अनि उनीमाथि कुनै प्रकारको दाग छैन,उनले जहिले पनि दार्जीलिङ र दार्जीलिङबासीको निम्ति केही न केही राम्रो कार्यहरू गर्दै आई रहेको छ।जब पार्टीको संस्थापक अध्यक्ष स्वयम नै इमान्दार रहेपछि पार्टी त्यसै पनि इमान्दार भई हाल्छ देवानले भने।हाम्रो पार्टी अध्यक्ष र पार्टीको इमान्दरितालाई देखेर हामीले पनि पहाड र गोर्खा जातिको निम्ति केही गर्न पर्छ भन्ने सोच लिएर हामी हाम्रो पार्टीसंग जोडिन आएको हो देवानले भने।हाम्रो पार्टीको सवै भन्दा मलाई मन परेको विषय चहि हाम्रो पार्टीले आफुलाई समाजिक कार्यको रूपमा उभिएको छ,हामी समाजिक कार्यमाथि चासो राख्नेहरू भएकोले हामीलाई धेरै प्रभावहित बनेका छौ देवानले भने।हामी कुनै राजनैतिकज्ञ होइनौ तर दार्जीलिङ पहाडको बर्तमान अवस्था देख्दा हामी सवै राजनीतिमा आउँने पर्ने स्थिति बनेको छ,हाम्रो जाति एंव हाम्रो पार्टी समस्यामा डुबेको छ,पहाडमा जातिमाथि गम्भीर रहेको कुनै पार्टी र नेताहरू इमान्दार छैन तर हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्स र हाम्रो पार्टीको भिजन देखेर हामी हाम्रो पार्टीमा सामेल भएका हौ अनि हामी हाम्रो पार्टीप्रति इमान्दार रहेर काम गर्ने छौ देवानले भने।त्यसरी नै पासाङ तामाङले दार्जीलिङ पहाडमा किनवेचको राजनीति हामीले पहिलो पटक भएको देख्यौ।पहाडको सत्ता दलले रूपियाँ पैसाको बलमा निर्वाचित जन प्रतिनिधिहरूलाई किनेर बोर्ड तोडने कार्यहरू गरेको देख्यौ,यस प्रकारको कार्य पहाडमा यस अधि कहिले भएको थिएन,हामीले यस्तो कुप्रथादेखि पहाडलाई कसरी बचाउँन सकिन्छ भन्ने विषयमाथि अध्यान गरेर अनि मैले एक दरिलो विपक्षी हुन अति नै जरूरी रहेको पाए तिनले भने।तिनले अझ भने पहाडमा दरिलो विपक्षीको गठन हुन पर्छ भन्ने सोच लिएर नै आज आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने तामाङले बताए।साकाल देवान,पासाङ लामा,अभय जस्ता प्रभावशाली नेतृत्वहरू हाम्रो पार्टीमा सामेल भएकोले लेबुङ बदमताम समष्टिमा हाम्रो पार्टी अझ दरिलो भएर गएको हाम्रो पार्टीको नेतृत्वहरूले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement