दोस्रो टेस्टमा न्यूजील्याण्ड ५८ रनले विजयी, सीरीज २-०-ले झोलीमा

IMG-20230320-WA0220.jpg

२० मार्चः न्यूजील्याण्डले श्रीलंका विरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचमा ५८ रनले जीत दर्ता गऱ्यो। यस जीतको साथै न्यूजील्याण्डले दुईवटा टेस्ट म्याचको सीरीज २-०-ले क्लीन स्वीप गऱ्यो। वेलिंगटनको बेसिन रिजर्व मैदानमा आज चौथो दिन श्रीलंकाको दोस्रो ईनिंग्स ३५८ रनमा समाप्त भयो। न्यूजील्याण्डले ४ विकेटमा ५८० रन बनाएर आफ्नो पहिलो ईनिंग्स घोषित गरेको थियो। जवाफमा श्रीलंकाको पहिलो ईनिंग्स केवल १६४ रनमा समाप्त हुँदा दिमुथ करुणारत्नेको कप्तानीमा रहेको टीम फलोअन्-को सम्मुखीन भएको थियो। दोस्रो ईनिंग्समा श्रीलंकाई ब्याटरहरूले सामान्य संघर्ष गरे पनि पराजयबाट बाँच्न सकेनन्। म्याचको तेस्रो दिन आइतवार श्रीलंकाले २ विकेटमा ११३ रन बनाएको थियो अनि टीमले आज २४५ रन थपेर रहल ८ विकेट गुमायो। श्रीलंकाको दोस्रो ईनिंग्समा धनञ्जय डी सिल्वाले सर्वाधिक ९८ रन बनाए। उनले १८५ बल खेलेर १२ वटा चौका र एउटा छक्का लगाए। यसरी नै दिनेश चाण्डीमलले ६२, कप्तान करुणारत्नेले ५१ र कुसाल मेण्डिसले ५० रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा टीम साउथी र ब्लेयर टिकनरले ३-३ विकेट लिए। न्यूजील्याण्डको पहिलो ईनिंग्समा अविजित २०० रन बनाउने हेनरी निकोल्सलाई प्लेयर अव् द म्याच अनि दुईवटा टेस्टमा ३३७ रन बनाउने केन विलियम्सनलाई प्लेयर अव् द सीरीज चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *